आज दिनभरि पानी पर्ने
काठमाडौ, १९ वैशाख ।काठमाडौ उपत्यका सहित देशका धेरै ठाउँमा हिजो रातिदेखि परेको झरी आज दिनभरपनि पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद सुवास रिमालका अनुसारबा बंगालको खाडीबाट जल वाष्पयुक्त हावा सतही रुपमा प्रवेश गर्दा मौसम बदली भएको हो । पूर्वबाट प्रवेश गरेको वायुको प्रभाव देशका धेरै ठाउँमा फैलिएको छ । पश्चिमीको वायुको असर पनि कायम रहेकाले देशभरको मौसम बदली भएको हो ।
शनिबारदेखि मौसममा केही सुधार हुने महाशाखाले जनाएको छ । पूर्वी पहाडी क्षेत्रमा चट्याङ पर्ने सम्भावना रहेकाले सचेत हुन पनि महाशाखाले आग्रह गरेको छ । यस्तो बेला सकेसम्म घर बाहिर ननिस्के चट्याङबाट बच्न सकिन्छ ।पानी परेसँगै गर्मी घटेको छ ।