अफगानिस्तानमा पहिरो ,३ सय ५० को मृत्यु

२०७१ बैशाख २० गते, शनिबार


काठमाडौ, २० बैशाख ।अफगानिस्तानमा गएको पहिरोमा परेर ३ सय ५० जनाको ज्यान गएको छ ।अफगानिस्तनको उत्तरपूर्वी बदक्शा क्षेत्रमा गएको पहिरोमा २ हजार जना वेपत्ता भएका छन् ।मुसलधारे पानी परेपछि एउटा ठूलो पहाडले झरेर २ सय १५ परिवारको बसोबास रहेको गाउँलाई नै पुरेको बदस्शा प्रान्दका गर्भनरले बताएका छन् ।
शुक्रबार छुट्टीको दिन दिउँसो सबै जना घर बसिरहेको अवस्थामा पहिरोले घरहरु पुरेको हो । पहिरोको खतरालाई मध्य नजर गर्दै वरपरका अरु १ हजार वटा घर खाली गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]