चिनियाँ विदेशमन्त्री वाङ यी र सर्गेई लभारोभबीच भेटवार्ता

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी समकक्षी सर्गेई लभारोभबीच भेटवार्ता भएको छ । सोमबार रुस भ्रमणमा जानु भएका चिनियाँ बिदेशमन्त्री सेप्टेम्बर २१ सम्म रुसमा रहनु हुनेछ । दुई विदेशमन्त्रीबीच दुई पक्षीय सहकार्यका विभिन्न पक्ष तथा युक्रेन युद्धको अन्त्यको उपायमाथि छलफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
चिनियाँ विदेश मन्त्रालयले रुससंग रणनीतिक सुरक्षाको विषयमा छलफल भएको जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्ता लगत्तै चिनियाँ विदेशमन्त्री रुस जानु भएको हो । युक्रेनसंगको युद्धपछी रुसले बिश्वका शक्तिशाली नेताहरुसंगको भेटवार्तालाई तीब्रता दिएको छ । -एजेन्सी