पत्रकार महासङ्घको चुनावी प्रक्रिया सुरु हुँदै

२०७१ बैशाख २१ गते, आईतवार

काठमाडौ, २१ बैशाख । नेपाल पत्रकार महासङ्घको २४ औ महाधिवेशनमा आज बिहानदेखि चुनावी प्रक्रिया सुरु भएको छ ।
अहिले निर्वाचन प्रक्रिया अनुसार उम्मेदवारी दर्ता चलिरहेको छ । महासङ्घका नेतृत्वका लागि डा महेन्द्र विष्ट र पोषण केसीको दुई छुट्टाछुट्टै समूह चुनावी मैदानमा उत्रिएका छन् ।
चुनावी प्रतिस्पर्धामा चौतारी, क्रान्तिकारी पत्रकार सङ्घ, र क्रान्तिकारी पत्रकार महासङ्घबीच तालमेल भएको छ भने प्रेस युनियन एक्लै चुनावमा उत्रिएको छ । विष्ट र केसी दुवै जना महासङ्घका पूर्व महासचिव हुनुहुन्छ । बिहान साढे १० बजेसम्म उम्मेदवारीको कार्यक्रम तोकिएको छ । दिउँसो १ बजेपछि मतदान प्रक्रिया सुरु हुनेछ ।
हिजोको बन्दसत्रमा बन्दसत्रले महासङ्घको समावेशी ढाँचाको विधान संशोधन गरेको छ । बन्दसत्रले चालिस सदस्यीय कार्यसमिति रहने विधान पारित गरेको हो ।
त्यसै अनुसार आज उम्मेदवारी पर्नेछ । संशोधित विधानअनुसार खुला र समावेशी उपाध्यक्ष एक एक तथा महिला, एसोसिएट, समावेशी र खुला सचिव एक एक रहनेछन् भने खुला सदस्यतर्फ पाँच, मधेसी दुई, अपाङ्गता र अल्पसङ्ख्यक एक÷एक, दलित र जनजाति दुई ÷दुई, महिला तीन र लेखा समिति संयोजकसहित तीन सदस्यीय रहनेछन् । महासंघको २४ औ महाधिवेशनमा देशभरका १६ सय ५१ सभासद्हरु सहभागी छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु