जनकपुर बमकाण्डका नाइके साह पक्राउ

२०७१ बैशाख २१ गते, आईतवार

काठमाडौ,२१ बैशाख। नेपाल प्रहरीले जनकपुर बमकाण्डका मुख्य योजनाकार मानिएका सभासद सञ्जयकुमार साहलाईनेपाल-भारतसीमा क्षेत्रबाट पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले सभासद साहलाई पर्साको बीरगञ्ज नजिकै छपकैयाबाट गएराति पक्राउ गरेको हो । जनकपुर बमकाण्डमा संलग्न भएको अभियोगमा अदालतबाट वारेन्ट जारी भएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेको थियो । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार विहान ११ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । ‘अदालतबाट वारेन्ट जारी भएकाले हामीले साहलाई पक्राउ गरी हिरासतमा लिएका छौं’, जिल्ला प्रहरी कार्यालय धनुषाका एक प्रहरी अधिकृतले भने, ‘आइतबारै अदालतको जिम्मा लगाउनेछौं ।’
बमकाण्डमा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरुले प्रहरी तथा अदालतमा साह नै बमकाण्डको मूख्य योजनाकार भएको बयान दिएपछि अदालतको वारेन्टका आधारमा प्रहरीले उनको खोजी तीब्र पारेको थियो । पक्राउ परेका सभासद साह सद्भावना पार्टीका केन्द्रिय उपाध्यक्ष पनि हुन् ।
दुई वर्षअघि जनकपुरको रामानन्द चोकमा मिथिला राज्य समितिले अलग राज्यको माग गर्दै गरेको धर्नामा बसेका नागरिकलार्इ लक्षित गरी बम विस्फोट गराउने काममा मुख्य योजनाकारको भूमिका खेलेको अभियोग साहमाथि लागेको छ ।मंसिर ४ मा भएको संविधानसभा निर्वाचनमा सद्भावना पार्टीबाट धनुषा क्षेत्र नं।४ बाट बिजयी साह प्रहरीले पक्रने जानकारी पाएपछि अर्धभूमिगत भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार