‘अमेरिकाले एमसीसीमार्फत नेपालको प्राकृतिक सम्पदा हड्न खोजेको छ ‘

काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टीका नेकपा केन्द्रीय सदस्य विपिन सीले अमेरिकाले एमसीसीमार्फत सडक र प्रशारण लाइन बनाउन बहनामा नेपालको प्राकृतिक सम्पदा हड्न खोजेको ठोकुवा गरेका छन । नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्यूरो जनवर्गीय संगठनद्वारा बुधबार आयोजित एमसीसी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटको नेपाल भ्रमण र खुसियाली उत्सवकाे विराेध सभालाई सम्बोधनगर्दै उनले सो ठोकुवा गरेका हुन्। नेता विपिन सी ले अमेरिकाले विकासको नाममा विससहित ललिपप दिएको भन्दै नेकपा यसका विरुद्ध निरन्तर संघषमा रहेको बताए ।

प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिँदैन, गो व्याक अमेरिका, अमेरिकी साम्रज्यवाद मुर्दावाद लगायतका नारा लगाएका थिए । सुन्धारादेखि सुरु भएको विरोध -याली सान्तवाटिमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा नेकपा केन्द्रीय सदस्य भृकुटी सी लगायतको उपस्थिति रहेको थियो ।
