दलाल पुंजीवादी संघियताकाे विकल्प समाजवादी संघियता
 
                
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य विषम सीले दलाल पुजीवादी संघियताकाे विकल्प समाजवादी संघियता भएको ठोकुवा गरेका छन् ।नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्विनी व्यूरोद्वारा शुक्रबार आयोजित “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा हुन् । नेता विषम सीले अहिले देशमा दलाल पुजिवादी संघियता रहेकोले अब त्यसको ठाउँमा समाजवादी संघियता रहने उल्लेख गर्दै नेपालमा विद्यमान दलाल पुँजिवादी राज्यसत्ताको कारण देश इतिहाँसकै सर्वाधिक संकटमा रहेकोले असफलसिद्ध दलाल संसदिय व्यवस्था खारेज गरी गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चार र मनोरञ्जन जस्ता अत्यावश्यक विषयहरु राज्यको दायित्वमा रहेको सुन्दर व्यवस्था वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नुपर्ने बताए । उनले पछिल्लो समय निकै चर्चामा रहेको राष्ट्रघाती एमसीसी सम्झौताले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई पराधिन मुलुक बनाउने अमेरिकी षड्यन्त्र रहेकोले राष्ट्रघातका विरुद्ध सिंगो देश एक ढिक्का भई स्वाधिनताको लडाईमा जुट्नुपर्ने बताए । अहिले देशमा दलाल पुजिवादी संघियता रहेको र अब त्यसको ठाउँमा समाजवादी संघियता रहने पनि उनले बताए ।
उक्त कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सन्जिव सीले “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए । अवधारणापत्रमा राष्ट्रिय स्वाधिनताको संकट अन्तरगत सन् १८१५ देखि यता विभिन्न समयमा भारतसँग गरिएका सम्झौता र हालसालै एमसीसीको नेपाल प्रवेश, जनतन्त्र र जनजीविकाको संकट, वर्तमान संकटको समाधान, समाजवादी मोर्चा र नेपाली विशेषताको समाजवाद हुँदै वैज्ञानिक समाजवाद स्थापना लगायतका विषयहरु समेटिएको छन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान राष्ट्रिय संकटको एकमात्र समाधान भनेको दलाल पुँजिवादी चरित्रको व्यवस्था खारेज गरी नेपाली विशेषताको समाजवाद नै रहेको विषयमा जोड दिएका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका लमही नगर कमिटीका प्रतिनिधी बसन्त शर्मा (विक्रान्त), नेकपा (एस) का जिल्ला प्रतिनिधी तुल्सिराम भण्डारी, राष्ट्रिय जनमोर्चाका लमही नगर कमिटी अध्यक्ष ठाकुर प्रसाद आचार्य, जसपाका जिल्ला इन्चार्ज भरत चौधरी, राप्रपाका लमही नगरकमिटी अध्यक्ष शोभाकर घिमिरे, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समितिका उपाध्यक्ष चुमा आचार्य, आर्दश मा.वि.लमहीका प्र.अ.कुलचन्द्र पौडेल लगायतले प्रस्तुत अवधारणापत्रमाथि टिप्पणी तथा विचार मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा देउखुरी जिल्ला इन्चार्ज विक्रम सी, विशेष कमिटि सदस्य तथा नेकपा देउखुरीका पूर्व सेक्रेटरी भिमप्रकाश सी, जनपत्रकार संगठन नेपाल लुम्विनी प्रदेश समितिका संयोजक राजेन्द्र रावत क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेकपा देउखुरी जिल्ला सेक्रेटरी अल्फा सीको अध्यक्षता, जिल्ला सचिवालय सदस्य यज्ञ सीको स्वागत मन्तव्यसँगै देउखुरी जिल्ला सचिवालय सदस्य मुक्ति सीको सन्चालनमा सम्पन्न भएको थियो ।

 
                 
                             
                             
                         
                         
                        