आपसी विवादमा गोली चल्यो, १० जना घाइते
काठमाडौं, २३ बैशाख।सर्लाहीको हरकठ्वामा आपसी बिवादमा गोली चल्दा १० जना घाईते भएका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्थानीय रामआश्रय साह र देवी सिंहबीच भएको विवादमा गएराती गोली हानाहान भएको हो ।
गोली लागेर स्थानिय बिजयकुमार सिंह, रामबाबु सिंह, राहुलकुमार सिंह, मिलनप्रसाद सिंह र रितेशकुमार सिंह गम्भीर घाईते भएका छन ।
गम्भीर घाईतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र भरतपुर अस्पतालमा उपचार भैरहेको छ । सामान्य घाईतेहरुकोे जिल्ला अस्पताल मलंगवामा उपचार भैरहेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा बिमलेस साहलाई पक्राउ गरेको छ । विवादको विषय खुल्न सकेको छैन् ।