न्यायाधीशहरुको संसदीय सुनुवाई सुरुहुदै

२०७१ बैशाख २५ गते, बिहीबार

काठमाडौ, २५ वैशाख ।न्यायपरिषद्ले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा नियुक्तीका लागि सिफारिस गरेका ८ जनाको संसदीय सुनुवाई प्रक्रिया आजवाट सुरु हुँदैछ ।आजदेखि संसदीय सुनुवाई विशेष समितिले परिषदबाट सिफारिस भएका ८ जना न्यायाधीशको सुनुवाई प्रक्रिया सुरु गर्ने संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।
न्याय परिषदले सिफारिस गरेका गरेका केही न्यायाधीशको छवि विवादित रहेको भन्दै कानुन ब्यवसायी र बिभिन्न क्षेत्रबाट आलोचना भएको छ । सत्तारुढ नेपाली कांग्रेस बाहेक एमाले र एकीकृत नेकपा माओवादी विवादित व्यक्तिलाई स्थायी न्यायाधीशमा नियुक्तीको सिफारिस गरेकोमा असन्तुष्ट छन् ।
न्यायपरिषदले बैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्द उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, जगदिश शर्मा पौडेल र चोलेन्द्र शम्सेर जवरालाई स्थायी न्यायाधीशमा नियुक्तीका लागि सिफारिस गरेको छ । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा कारवाहीको भागिदार ठहर्याएका जवरालाई स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको विषय आलोेचित हुँदै आएको छ ।
न्यायपरिषदले सिफारिस गरेका ८ जना विरुद्ध संसदीय समितिमा पनि धेरै उजुरी परेको छ । स्थायी न्यायाधीशमा नियुक्तीका लागि सिफारिसमा आफू भन्दा कनिष्ट परेको भन्दै न्यायाधीश एकराज आचार्यले राजिनामा दिइसक्नुभएको छ । स्थायी न्यायाधीशमा नियुक्तीका लागि नाम अनुमोदन हुन संसदीय सुनुवाई समितिमा दुई तिहाई पुग्नुपर्ने संसदीय व्यवस्था छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार