एमसिसीको बोलपत्र रद्द

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द गरिएको छ।परियोजनाअन्तर्गत ३ सय १५ डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख अमेरिकी डलर अनुमान गरिएको थियो। तर, ठेकेदार कम्पनीहरूले लागत अनुमानभन्दा ६६ प्रतिशत बढी (१४ करोड ५३ लाख ४८ हजार डलर) को प्रस्ताव पेस गरेसँगै ठेक्का प्रक्रिया रद्द गरिएको हो। MCA नेपालका अधिकारीहरुले लागत अनुमान भन्दा ६६ प्रतिशत बढी प्रस्ताब गरेका निमार्ण व्यवसायीहरुसंग गरेको छलफल असफल भएपछि (बुधबार) असोज २४ गते पहिलो बोलपत्र आब्हान (ठेक्का प्रक्रिया) नै रद्द गरेको छ । MCA नेपालको कार्यालयले “बोलपत्रदाताहरुले लागत घटाउन नमानेपछि कसैगरे पनि परियोजना निर्धारित रकममा बनाउन नसकिने भइयो । त्यही भएर ठेक्का रद्द गर्ने प्रक्रिया सुरु गरेको हो” भनेको छ ।
MCC ले थप रकम दिन नसकिने बताएको र नेपाल सरकार अर्थमन्त्रालयले पनि थप रकम दिन अस्वीकार गरेपछि पहिलो बोलपत्र वा ठेक्का प्रक्रिया नै रद्द भएको हो ।
समग्र प्रक्रियाको समिक्षा,निमार्ण प्रावधान,डिजाइन स्पेशिकेशन र क्षेत्र (रुट) संशोधन गरेर अथवा पहिलो बोलपत्र रद्द हुनुको कारण र अब सफल हुने आधारमा सहमति गरेर नयाँ बोलपत्र आब्हान गर्न सकिने कानुनी व्यवस्था छ । अब फेब्रअरी २०२४ (२०८० (पुस–माघ) सम्ममा दोस्रो बोलपत्र आब्हान गर्ने MCA नेपालको योजना देखिन्छ । लागत घटाएर काम गर्ने र समयमा काम गर्ने दुई जोखिम पैदा भएका छन । तर निर्धातिर बजेट र समयमा काम सम्पन्न हुनेमा आशंका पैदा भएको छ । त्यसो भएमा कानुनी प्रश्न र जनविश्वासको सामना MCC ले गर्नु पर्ने हुन्छ ।