प्रचण्ड, देउवा र कोइरालाबीच सत्ता गठबन्धनलाई थप बलियो बनाउने सहमति

२०८० आश्विन २७ गते, शनिबार


काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सत्ता गठबन्धनलाई थप बलियो बनाउने सहमति भएको छ।
कोशी प्रदेसको विषयमा छलफल गर्न शनिबार बिहान प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग छलफल गरेका थिए । छलफलपछि कोशी प्रदेसमा भएको राजनीतिक घटनाक्रमबाट गठबन्धनलाई कमजोर हुन नदिने सहमति भएको हो ।
उक्त एक बुँदे सहमतिमा भनिएको छ -‘हामी वर्तमान सत्ता गठबन्धन प्रति दृढ र स्पष्ट छौ र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं। ’


कोशी प्रदेसमा एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्ति भएका छन् । यसअघि गठबन्धनको केन्द्रीय नेतृत्वले माओवादीका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो । कोशीमा शेखर कोइराला पक्षबाट केदार कार्कीले मुख्यमन्त्री दाबी गरेपछि एमाले समर्थन गरी हस्ताक्षर गरेको थियो । यसबाट एमालेले सत्ता गठबन्धनमा फुटको बिजारोपण कोशीबाट गरेको चर्चा चलिरहँदा प्रधानमन्त्री प्रचण्ड, देउवा र शेखर कोइरालाले गठबन्धनमा प्रतिबद्ध रहने सहमति गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]