नेकपाका महासचिव विप्लव सीद्वारा बिद्यालय निर्माणमा श्रमदान(भिडियोसहित)

२०८० आश्विन ३० गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले बिद्यालय निर्माणमा श्रमदान गरेका छन। बझाङका भुकम्प पिडितलाई राहात वितरण गर्न पुगेका महासचिव विप्लव सी ले भुकम्पले भत्काएको दुर्गाथलि गाउपालिका वडा न २ स्थित महालिंग आधारभूत बिद्यालय निर्माणमा श्रमदान गरेको हुन् ।


यसअघि ,महासचिव विप्लव सी ले जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीमार्फत् बझाङका भुकम्प पिडितलाई सहयोग गरेका थिए । उनले जिल्ला प्रशासन कार्यालय बझाङ पुगेर भुकम्प पिडितको सहयोगार्थ एक सय थान कम्बल र एक लाख रुपैया सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीमार्फत् जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्।


यसैगरी , महासचिव विप्लव सी ले भुकम्पवाट ज्यान गुमाएकी गुनमती धामीको छोरा करण धामीलाई दश हजार रुपैया नगद सहयोग गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]