राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आउदै

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२गते नेपाल आउने भएका छन् । इजरायलमाथि प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि २६ देखि २९ असोजसम्मका लागि तय भएको गुटेरेसको नेपाल भ्रमण रोकिएको थियो ।प्रधानमन्त्री प्रचण्डका निजी सचिव रमेश मल्लले स्थगित भएको भ्रमण पुनः १२ देखि १५ कात्तिकसम्म हुने तय भएको जानकारी दिदै भने-
‘यूएन महासभाका क्रममा प्रधानमन्त्रीले दिनुभएको निम्तोलाई माने महासचिव गुटेरेस १२ कात्तिकमा नेपाल आउनु हुने भएको छ’, मल्लले भने, ‘उहाँको भ्रमण पूर्वनिर्धारित भएकाले यसअघि तय भएको एजेन्डामा छलफल हुनेछ । त्यसपछि उहाँ १५ कात्तिकमा फर्किने कार्यक्रम रहेको छ
गुटेरेसले १३ कात्तिकमा नेपालको संघीय संसदलाई समेत सम्बोधन गर्ने बताइएको छ ।