महिलाहरु चोर बाटोबाट खाडीतिर

२०७१ बैशाख २६ गते, शुक्रबार


काठमाडौ, २६ वैशाख ।सरकारले घरेलु महिला कामदारको विषयमा अध्ययन गर्ने भन्दै १० दिनसम्म श्रम स्वीकृति बन्द गरेपछि महिला कामदार भारतको बाटो हुँदै खाडी पुग्न थालेका छन् ।खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना दिने र अलपत्र पर्ने क्रम बढेको भन्दै सरकारले गत साता व्यक्तिगत श्रम स्वीकृति तत्काललाई बन्द गरेर अध्ययन समिति गठन गरेको थियो ।
अध्ययन समितिको रिपोर्ट सार्वजनिक नहुँदा र सरकारले नियमन गर्न नसक्दा तालिम लिएर बसेका आठ सय ५० महिला कामदारसमेत भारतको बाटो हुँदै खाडी पुग्न थालेको छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु