नेपाल कम्युनिस्ट पार्टीद्वारा धान भित्र्याउने कार्य सुरु

२०८० कार्तिक ११ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा गरेको धान खेति भित्राउन सुरु गरेको छ। यसैक्रममा सो पार्टीको काठमाडौं उपत्यका ब्यूरो र जनसांस्कृतिक महासंघद्वारा रोपिएको धान संयुक्त रूपमा भित्र्याउने कार्य सुरु गरिएको छ । नेकपा काठमाडौं उपत्यका व्यूरो र जनसांस्कृतिक महासंघले चितवनको माडी नगरपालिका खैरेनीमा ३ विगाह जमिनमा लगाएको धान सुक्रवारबाट भित्र्याउने कार्य सुरु गरेको हो । माडी नगरपालिकाको खैरेनीमा नेकपाको केन््रद्रीय उत्पादन विभागले ८ विगाहा जमिनमा धान रोेपेको छ । केन्द्रीय उत्पादन विभागले लिएको ११ विगाह जमिन मध्य ३ विगाह जमिनमा उपत्यका व्यूरो र जनसांस्कृतिक महासंघले धान रोपेको थियो । नेकपाको उत्पयका व्यूरोले ३५ कठ्ठा र जनसांस्कृतिक महासंघले २५ कठ्ठा गरी ६० कट्ठा क्षेत्रफलको जमिनमा धान रोपेको हो । नेकपा उपत्यका व्यूरोले धान काटेर भित्र्याउने कार्य सकिएको खेतमा खुर्सानी र गोलभेडा रोप्ने काम पनि सुरु भईसकेको जनाएको छ ।
नेकपाले आत्मनिर्भर पार्टी,आत्मनिर्भर नेता र कार्यकर्ताको नीति अनुसार देशभर उत्पादनको कार्य गरिरहेको छ । जसअनुसार केन्द्रीय उत्पादन विभाग,व्यूरो र जिल्ला तहमा विभिन्न उत्पादन टिम बनाएर धान उत्पादनको कार्य गरिरहेको छ ।
माडीको धान भित्र्याउने कार्यमा नेकपा काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज कृति सी, नेकपा केन्द्रीय सदस्य भृकुटी सी, जनसांस्कृतिक महासङ्घका महासचिव कुशल सी, युवा संगठन नेपाल उपत्यका ब्यूरो इन्चार्ज अनिल सी, काठमाडौं ३ नं जिल्ला इन्चार्ज दिपा सी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेके थियो ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय उत्पादन टिमले बर्दियाको राजापुरमा लगाएको धानखेतीबाट करिब ३०० क्विन्टल बढी धान भित्र्याएको छ । नेकपाको केन्द्रीय उत्पादन टिमले गत असारमा करिब १० विगाह जम्गामा धान रोपेको थियो । नेकपाले २ विगाह जग्गामा तरिकारी खेती गरेको थियो । नेकपाका केन्द्रीय उत्पादन टिमका राजापुर प्रमुख नेकपाका पिविएम आधार सीको नेतृत्वमा कृषि उत्पादनको लागि दशरथचन्द माविको १२ विगाह जग्गा लिज्मा लिएको थियो । १२ विगाह लिज्मा लिएको जग्गा मध्य १० विगाहमा धानखेती गरेको र २ विगाहमा तरकारी खेती गरेको उत्पादन टिमले जनाएको छ ।
नेकपाले पार्टी तथा नेता,कार्यकर्ता आमनिर्भरको नीति अनुसार धान उत्पादन गरेको पिविएम आधारले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार

सत्तालिप्साको राजनीति बन्द गर

२०८२ बैशाख १४ गते, आईतवार