प्रधानमन्त्री प्रचण्ड र राष्ट्र सङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

२०८० कार्तिक १२ गते, आईतवार


काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । मुख्यसचिव डा वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका थिए । साेही कार्यालयमा गुटेरेस र प्रधानमन्त्रीबीच भेटवार्ता भएकाे हाे ।
प्रधानमन्त्री प्रचण्डसँग भेट्नुअघि उनले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए । आइतबार नै काठमाडाैँ आइपुगेका महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । महासचिव गुटेरेसले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी समेत गरेका थिए ।

यसैगरी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । महासचिव गुटेरेसलाई रक्षा सचिव किरणराज शर्माले रक्षा मन्त्रालयमा स्वागत गरेका थिए । आजै परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता सकेर गुटेरेस रक्षामन्त्री खड्कालाई भेट्न रक्षा मन्त्रालय पुगेका थिए ।
उनले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि बेग्लाबेग्लै भेट्ने कार्यक्रम रहेको छ । महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]