स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न १४ अर्ब ऋण !

२०८० कार्तिक १६ गते, बिहीबार


काठमाडौँ । नेपालले स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि विश्व बैंकबाट झण्डै १४ अर्ब रुपैयाँ सहायता लिएको छ । यसमध्ये १० करोड डलर झण्डै १३ अर्ब ३० करोड रुपैयाँ सहुलीयतपूर्ण ऋण र ३८ लाख ४० हजार झण्डै ५१ करोड रुपैयाँ अनुदान रहेको अर्थ मन्त्रालय र विश्व बैंकले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ऋण अन्तर्राष्ट्रिय विकास संस्था आईडीए मार्फत प्राप्त हुने छ ।
अनुदान स्वास्थ्य आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य कोष एचईपीआरटीएफ बाट प्राप्त हुने विश्व बैंकले जनाएको छ । दुवै सहायतामा बिहीबार विद्युतीय हस्ताक्षर भएको र यो नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरित आयोजना भएको समेत विश्व बैंकले जनाएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव डा। कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार यो कार्यक्रम संघीय तहको स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका छनोट गरिएका प्रदेश र स्थानीय तहको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यानवयन गर्नेछ ।
यस कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार, स्वास्थ्य बीमाको पहुँच अभिवृद्धि र छनोट गरिएका प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपतकालीन पूर्वतयारी एवम् प्रतिकार्य क्षमता सुदृढीकरणमा जोड दिने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार