पिआर फिर्ता गर्न एक महिने पुर्जी

२०७१ बैशाख २८ गते, आईतवार

काठमाडौ, २८ वैशाख ।सरकारले विदेशमा स्थायी बसोबास गर्ने अनुमति (पीआर) लिएका निजामती कर्मचारीलाई पीआर फिर्ता गर्न एकमहिने समयसीमा दिन लागेको छ ।सरकारले पीआर फिर्ता गरेर सुध्रन चाहने कर्मचारीलाई उक्त म्याद दिन लागेको हो ।पीआर लिने निजामती कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाउन निजामती ऐनमा चौथो संशोधन गर्न तयार पारिएको अध्यादेश मस्यौदामा त्यस्तो व्यवस्था गरिएको छ । उक्त मस्यौदा मन्त्रिपरिषद र मन्त्रिपरिषदको विधेयक समितिबाट पारित भइसकेको छ ।
निजमती ऐनमा चौथो संशोधन अध्यादेशमार्फत वा संसदमार्फत भन्नेमा टुंगोमा नपुगेकोहो । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संसदको बैठक चाँडै नबसे अध्यादेशमार्फत ऐन संशोधन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जानकारी दिए ।उनका अनुसार संसद अधिवेशन चाँडै सुरु भएमा संसदमै पेस गरिनेछ । उक्त ऐन विशेष गरी विदेशी पीआर लिएका निजामती कर्मचारीलाई कानुनी कारबाही गर्ने उद्देश्यले संशोधन गर्न लागिएको हो ।संशोधनको मस्यौदामा पीआर लिएका कर्मचारीले ऐन जारी भएको एक महिनाभित्र आफूले लिएको पीआर लिएका कर्मचारीले ऐन जारी भएको एक महिनाभित्र आफूले लिएको पीआर फिर्ता गरेको प्रमाणसहित निवेदन दिएमा माफी पाउने व्यवस्था छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार