नेकपाद्वारा भुकम्प पीडितकाे उद्धारका लागि एकीकृत घुम्ती टोली परिचालन

२०८० कार्तिक १९ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको एकीकृत घुम्ती टोली (सहायता सामग्री, मेडिकल टिम, उद्दार टोली)सहित लगातार भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठविसकोटमा पीडितहरुको उद्धारमा लागिरहेको छ । नेकपा राप्ती ब्यूरो इन्चार्ज सविन सी, पी.वी.एम.असल सी, पार्टीका केन्द्रीय सदस्य तथा रुकुम जिल्ला इन्चार्ज चन्द्र लगायतको टोलीले आज बिहान भुकम्प प्रभावित क्षेत्र आठविसकोटमा स्थानीयहरु उद्धारमा खटिरहेकाे छ । घाइते स्थानीयहरुलाई मलमपट्टी, औषधीउपचार गर्नुका साथै दाङबाट संकलित राहत सामग्रीहरु वितरण गरिएको छ । उद्धार कार्यमा जुटिरहेका नेकपा राप्ती ब्युरो इन्चार्ज सविनले भने, ‘भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठविसकोटमा पीडितहरुको पिडा र दु:खमा साथदिने प्रयत्न गरिरहेका छौं , हाम्रो सहयोग, पिडा र दु:खको यो महासागरमा थोरै छ, थोरै मात्र सहयोग पनि दु:ख र पिडाको साथी बन्न सक्छ तसर्थ हामी फेरिपनि सबैसँग सहयोगको याचना गर्दछौं ।’
तत्काल जरुरी परेका सामग्रीहरु लत्ताकपडा-बल्याङकेट, सिरक डसना, लगाउने तातो कपडा, त्रिपाल, टेन्ट, खाद्यान्न – दाल चामल तेल, पुनर्निर्माणका सामग्री र व्यवस्थापकीय प्याकेज रहेको इन्चार्ज सविन जानकारी दिए ।
सहयाेग गर्न चाहने सहयोग दाताहरुले भुकम्प प्रभावित क्षेत्रमा खटिरहेका सविन सी ९८५७८२१९३६, चन्द्र सी ९८४९८२५२७९ लाई सिधैँ सम्पर्क गर्न सकिने उनलेे जानकारी गराए । नेकपाकाे एकीकृत घुम्ती टोली नेकपा पश्चिम दाङले त्रिपाल, कम्बल, म्याटेस, सल, सिरक, डसना, तन्ना, औषधि , लगाउने कपडा लगाएतका राहत सामाग्री लिएर हिजो रुकुम गएको हो ।

प्रतिक्रियाहरु

[anycomment]