सामाजिक सञ्जालमार्फत ठगी गर्ने युवक पक्राउ

काठमाडौँ । प्रहरीले अनलाईन मार्फत ठगी गरेको आरोपमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ घर भई काठमाडौं महानगरपालिका– १३ बस्ने शिरिष श्रेष्ठलाई पक्राउ गरेको छ । उनले सामाजिक संञ्जाल फेसबुक, वाट्सएप, इमोलगायतको दुरुपयोग गरी ठगी गरेको प्रहरीको आरोप छ । श्रेष्ठले संञ्जालमा साथी बनाइ माया प्रेममा पारी मिलियन डलर,गरगहना,ल्यापटप लगायतका सामानहरु सहितको गिफ्ट पठाएको छु भन्दै ठगी गर्ने गरेका थिए । सामानहरु गिफ्ट पठाएको फोटो, भिडियो पठाइ विश्वास दिलाएर केही समय पश्चात् सोही पार्सल टर्की विमानस्थल, काठमाडौंको अन्तराष्ट्रिय विमानस्थल लगायत देशका भन्सार कार्यालयहरुमा सामान आइपुगेको भन्दै सो पार्सल पाउन कष्टम चार्ज, डेलिभरी चार्ज, इन्सुरेन्स चार्ज जस्ता प्रयोजनमा रकम लिने गरेका थिए । यसरी उनले १९ लाख २५ हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।