कोरलानाका कार्तिक २७ गतेदेखि खुल्ने

२०८० कार्तिक २१ गते, मंगलवार


काठमाडौँ । नेपाल-चीन जोड्ने कोरला नाका कार्तिक २७ गतेदेखि खुल्ने भएको छ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणपछि चीनतर्फ अवरुद्ध रहेका नाका खोल्न पहल भएको थियो । यही मार्गअन्तर्गत नेपाल-चीन उत्तरी कोरलानाका औपाचारिक रुपले खुल्ला गर्ने तयारी भइरहेको हो । यसका लागि चीन पक्षले सीमावर्ती क्षेत्र लोमान्थाङ र लोघेकर दामोदरकुण्डका स्थानीय व्यापारी तथा सर्वसाधारणलाई आमन्त्रण गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । यसरी नाका खुल्ला गर्ने सुरुवाति चरणको पहिलो पटक जाँदा बोर्डर पाससहित सक्कल नागरिकताको प्रमाणपत्र समेत लिएर आउन चीन पक्षले सूचित गरेको अध्यक्ष विष्टको भनाइ छ ।
चीन पक्षले कोरलानाका खोल्ने निर्णय गरेसँगै उद्घाटन कार्यक्रमको पनि तयारी गरिरहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । उद्घाटन कार्यक्रममा चीन पक्षबाट विशिष्ट व्यक्तिहरुको सहभागीता रहने उनले बताए । कोभिडपछि लामो समय बन्द रहेको कोरलानाका खुल्ला भएपछि स्थानीय व्यापारी,सर्वसाधारण र नेपाल सरकारलाई समेत व्यापारिक कारोवार र राजश्व संकलनमा टेवा पुग्ने अनुमान गरिएको छ ।
नेपाल-चीन उत्तरी कोरलानाकाको बोर्डर पास अनुमति पत्रका लागि मुस्ताङ प्रशासनले पहिलो चरणमा ९८० जनालाई बोर्डर पास वितरण गरेको थियो । योसंख्या उपल्लो मुस्ताङको एक तिहाईले बोर्डर पास बनाएका हुन् । नेपाल-चीन कोरलानाकाको बार्डर खुल्ला गर्न नेपाल पक्ष र चीन पक्षको अघिल्लो हप्ता तिब्बतको ढुङ्वासेनमा वार्ता भएको थियो । सोही बेला नाका खुल्ला गर्ने तिथिमिति तय गरिएको थियो । चीन पक्षले सोही बेला नेपाल पक्षलाई कही उपहार सहयोग समेत गरेको थियो । उक्त सामाग्री सुरक्षा निकायसँग सम्बन्धित छन् ।
कोभिड तथा सुरक्षाका कारण चीनले बन्द गरेको उत्तरी कोरलानाका अब बाह्रै महिना खुल्ला हुनेछ । यो उपल्लो मुस्ताङका दुई गाउँपालिकाको हकमा मात्र कार्यान्वयन हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार