चीनद्वारा नेपालललाई राहत सामग्री हस्तान्तरण

२०८० कार्तिक २३ गते, बिहीबार

काठमाडौँ । चीनले जाजरकाेट भूकम्प प्रभावितका लागि पठाएकाे राहत सामग्री नेपालललाई हस्तान्तरण गरिएको छ । उक्त राहत सामग्री चिनिया सेनाका २ वटा विमानमार्फत बुधबार नेपाल ल्याइएकाे हाे । ती राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका जहाजमा रु २८ करोड रुपैयाँ बराबरका चार हजार ६ सय थान ब्ल्याङ्केट र ६०० थान त्रिपाल रहेको जानकारी दिइएको छ ।
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले राहत सामग्री बुझेपछि पत्रकार सम्मेलनमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई राहत वितरण एकद्वार नीतिबाटै गरिने बताए । उनले विभिन्न दाताले उपलब्ध गराएको सहयोगलाई सङ्कलन गरी तीनवटै सरकारको समन्वयमा एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई प्रदान गरिने बताउदै – “ भूकम्प पीडित कोही पनि खुला आकाशमुनि बस्नु नपरोस्, जाडोमा भूइँमा सुत्नु नपरोस् तथा खाद्यान्नविहीन हुनु नपरोस् भन्ने तवरबाट सरकारले काम गरिराखेको छ । यसका लागि आवश्यक व्यवस्थासहित सम्बद्ध पक्षलाई निर्देशन पनि दिइसकेको छ ।”। भूकम्पलगत्तै प्रभावित दुबै जिल्लामा सरकारले पाँच/पाँच करोड रुपैयाँ उपलब्ध गराइसकेको पनि उनले जानकारी दिए ।
भूकम्पपछि मित्रराष्ट्रबाट सहयोग आउने क्रम जारी रहेको जनाउँदै उनले सहयोगका दाताप्रति धन्यवाद व्यक्त गरे । उनले भने- ‘हाम्रो देश प्राकृतिक विपत्तिले जोखिमी देश भएको उल्लेख गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले जोखिमी न्युनीकरणसँगै जनधनको कम नोक्सानी हुने गरी चनाखो बन्नु अपरिहार्य छ। ’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार