परराष्ट्रमन्त्री पाण्डे कोरिया जादै

काठमाडौँ , २९ वैशाख। नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० औं वार्षिक समारोहमा भाग लिन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे आज दक्षिण कोरिया जाँदैछन् ।परराष्ट्रमन्त्री पाण्डे नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० औं वर्षगाँठका अवसरमा १ जेठमा त्यहाँ हुने कार्यक्रममा सहभागी हुनेछन् ।उनले कोरियामा रहँदा त्यहाँस्थित नेपाली दूतावासले सिओलमा आयोजना गर्ने लगानी प्रवर्दनसम्बन्धी कार्यशालाको उद्घाटनसमेत गर्नेछन् । नेपाल र कोरियाबीच सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । कुटनीतिक सम्बन्ध स्थापना भएकौ वर्ष कोरियाले काठमाण्डुमा आफ्नो दूतावास खोलेको थियो । नेपालले सन् २००७ मा मात्र दक्षिण कोरियामा दूतावास स्थापना गरेको हो ।