धोवीघाट गठबन्धन ठिकः भट्टराई
काठमाडौ, ३० वैशाख । एमाओवादीका नेता बाबुराम भट्टराईले धोवीघाट गठबन्धन ठिक भएको बताएका छन् । साताब्यापी चीन भ्रमण सकेर काठमाडौं फर्कनेक्रममा उनले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा संगठन सुदृढीकरणका लागि धोवीघाट गठबन्धन ठीक भएको बताएका हुन् ।’धोवीघाट गठबन्धन संगठन सुदृढीकरण गर्नका लागि भएको थियो’, उनले भने, ‘संगठन निर्माणमा मोहन वैद्य किरणसँग कुरा मिल्छ, कार्यदिशामा अध्यक्ष प्रचण्डसँग कुरा मिल्छ’, उनको भनाइ थियो, ‘मैले नयाँ शक्ति किरणजीसँग मिलेर बनाउन खोजेको हो ।’
उनले उनी पक्षका केन्द्रीय सदस्यहरु केन्द्रीय समितिमा नजाने बताए । उनले तिब्बत भ्रमणमा आफूलाई परिवारजस्तै स्वागत गरेको जानकारी दिए । उनले आफ्नो पक्षीय अन्य नेताहरु पनि बुवा, पत्नीसहित तिब्बतको मानसरोबर भ्रमणमा गएका थिए ।