विश्व अकुपञ्चर दिवस मनाईंदै

२०८० मंसिर ६ गते, बुधबार

काठमाडौं । आज नोभेम्बर २२ अर्थात् विश्व अकुपञ्चर दिवस नेपालमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईदैँ छ । ब्राजिलमा सन २०११ मा भएको फ्रेन्च कमिसन अफ वल्र्ड फेडेरेसन अफ अकुपञ्चर मोक्सिबुसन सम्बन्धी वैज्ञानिकको सम्मेलनले नोभेम्बर २२ लाई विश्व अकुपञ्चर दिवस मनाउने निर्णय गरेको थियो । त्यस यता अन्य देशहरुमा यो दिवस मनाउन थालिएको भए पनि नेपालमा भने यो दिवस मनााउने गरिएको थिएन ।
बि.स. २०७९ मंसीर ६ गते अर्थात् सन् २०२२ नोभेम्बर २२ को दिन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले काठमाडौंमा विश्व अकुपञ्चर दिवस मनाएपछी यसले नेपालमा विश्व अकुपञ्चर दिवस मनाउन सुरुवात भएको थियो ।
यस वर्ष पनि बिभागले “विश्व अकुपञ्चर दिवस २०८०” मनाउन लागेको जनाएको छ । अकुपञ्चर चिकित्सा विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त चिकित्सा बिधी हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा झण्डै ४० लाख देखि ५० लाख अकुपञ्चरका दक्ष जनशक्ति रहेको, अहिले विश्वका १९० भन्दा बढी राष्ट्रहरुमा अकुपञ्चर सेवा विस्तार भएको तथा अकुपञ्चरबाट उपचार गरिने रोग तथा स्वास्थ्य समस्याहरु झण्डै ३०० भन्दा बढी पुगिसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार