भिमदत्त पन्तको सालिक तोडफोड गर्नेलाई कारबाही गर

२०८० मंसिर ९ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले किसान नेता सहिद भीमदत्त पन्तको सालिक माथि तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । शुक्रबार नेकपाका जिल्ला सचिव प्रकाश सीले एक प्रेस विज्ञप्ति जारी गर्दै सालिक तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही गर्न प्रशासनलाई माग गरेको हो । नेकपाको प्रेस विज्ञप्तिमा भनिएको छ ,“नेपाल कम्युनिस्ट पार्टी विगत देखि राष्ट्रियता , जनतन्त्र र जनजीविकाका सवालमा निरन्तर आवाज उठाउँदै आएको कुरा अवगत नै छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थित भीम बाटिकामा रहेको किसान आन्दोलनका अग्रदस्ता महान नेता सहिद भीमदत्त पन्तको सालिकमा आज गरिएको तोडफोड अराजक कार्यप्रति नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको छ । शोषित , उत्पीडित तथा मजदुर किसान जनताको पक्षमा क्रान्तिकारी चेत सहित मुक्तिकामी आन्दोलनको नेतृत्व गरेका सहिद भीमदत्त पन्तलाई गर्व गर्नुको साटो यसरी उनकै सालिक माथि तोडफोड हुनु घृणित र निन्दनीय छ । योप्रति नेकपा खेद प्रकट गर्दछ । महान नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड गर्ने कार्यमा संलग्न अराजकलाई कारबाही गर्न नेकपा कञ्चनपुर प्रशासनलाई जोडदार माग गर्दछ ।”- गणेश एसके

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु