माल्कोटलाई ‘सी गाउँ’ घोषणा

२०८० मंसिर १२ गते, मंगलवार


काठमाडौँ । कालिकोटको माल्कोटलाई ‘सी गाउँ’ घोषणा गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी कालिकोटले आज सेरापाटा माल्कोटमा आयोजना गरेको जनसभामार्फत सो पार्टीका प्रवक्ता प्रकाण्ड सी ले माल्कोट गााँउलाई औपचारिक रुपमा ‘सी गाउँ’ घोषणा गरेका हुन् ।
उक्त जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले माल्कोट हिजो पनि , आज पनि र भोली पनि ऐतिहासीक गाउँ हुने विश्वास व्यक्त गरे ।
उनले जनयुद्धको बेला महिलाद्धारा प्रहरीका हतियार खोसेर ऐतिहासीक भएको र आज सी गाउँ घोषणा गरे थप ऐतिहासीक गाउँ भएको भन्दै खुसी व्यक्त गरे ।

प्रतिक्रियाहरु

[anycomment]