आज मदन–आश्रित स्मृति दिवस

२०७१ जेष्ठ ३ गते, शनिबार


काठमाडौं,३ जेठ । नेकपा एमाले आज मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा विविध कार्यक्रम आयोजना गर्दैछ।नेपालको कम्युनिष्ट आन्दोलनका शिखर पुरुष मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा उनीहरुको योगदानको स्मरण गर्दै एमाले सम्बद्ध सङ्घ–सङ्गठनले विविध कार्यक्रम आयोजना गर्दैछन् ।मदनआश्रितको स्मृतिमा नेकपाएमालेले पार्टी कार्यालयमा शनिवार बिहान रक्तदान कार्यक्रम तथा मदन भण्डारीका लेखिएका लेखहरु सङ्ग्रहित पुस्तक सार्वजनिक गर्ने कार्यक्रम रहेको मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले बताए ।
‘कम्युनिष्टको विकास गर्न नयाँ सोच ल्याउन पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको ठूलो योगदान छ’ प्रतिष्ठानका अध्यक्ष नेपालले भने, ‘कम्युनिष्ट लोककल्याणकारी राज्यको पक्षमा र सिद्धान्त जनताको पक्षमा हुनुपर्छ भन्ने सोच उहाँको थियोे ।’
‘२०४७ सालको संविधान नेपाली काँग्रसले इतिहासमै राम्रो छ, कमा र पूर्णविराम पनि फेर्नु पर्दैन भनेको थियो तर तत्कालीन पार्टीका महासचिव भण्डारीले उक्त संविधान अपुरो र जनताको पक्षमा नभएको भन्दै आलोचनाका २७ बुँदा राखेका थिए ।
‘राजाबिनाको गणतन्त्र, धर्म निरपेक्षता जननेता भण्डारीकै सोच हो’ नेपालले भने ।
नेपाली कम्युनिष्ट आन्दोलनका जुझारु नेता भण्डारी र जीवराज आश्रितको दासढुङ्गामा जिप दुर्घटनामा परी २०५० साल जेठ ३ गते मृत्यु भयो तर उक्त घटना कसले ग¥यो भन्ने बारेमा अहिलेसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार