‘बैंकले धेरै ब्याज लिए उजुरी गर्नुस्’

२०८० मंसिर १५ गते, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए उजुरी गर्न आह्वान गरेका छन् । आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्। उनले बाहिर हल्ला गरेर अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन आह्वान गर्दै बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउने आश्वासन दिए ।
गभर्नर अधिकारीले गत आर्थिक वर्ष बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको उल्लेख गर्दै केहीले नेताहरु भेट्दै १६÷१८ प्रतिशत ब्याज बैंकले लिएको भन्दै हिँड्ने गरेको भन्दै उनले सो दरको ब्याज लिएको भएमा तथ्यसहित राष्ट्र बैंकमा उजुरी गर्न आग्रह गरे । उनले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा केही पर सर्नुमा थप डाटा पर्खिरहेको बताए ।
गभर्नर अधिकारीले पछिल्लो समय आर्थिक शिथिलताका कारण खराब कर्जा बढेको उल्लेख गर्दै खराब कर्जा बढेकै कारण अहिले लाभांशमा कडाइ गर्नु परेको बताए । उनले रिपेमेन्टका कारण केही व्यवसायीमा समस्या परेको स्वीकार गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार