‘पूँजीवादी राज्यसत्ताको विस्थापित गरी नेपाली विशेषताको समाजवाद ल्याउनु पर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पिविएम तथा उपत्यका व्यूरो इन्चार्ज कृति सीले नेपालमा पूँजीवादी राज्यसत्ताको विस्थापित गरी नेपाली विशेषताको समाजवाद ल्याउनु पर्ने बताएका छन। नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौं जिल्लाको संयुक्त वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन ।
व्यूरो इन्चार्ज कृति सीले नेपालमा समावाद चाहाने र साम्यवाद चाहने कम्युनष्टिहरु एकठाउँमा नआए सम्म दलाल संसदीय व्यवस्थाको अन्त्य हुन नसक्ने ठोकुवा गर्दै भने- ,‘नेपालका कम्युनिष्ट शक्ति मात्र होइन देशभक्त,प्रगतिशील,क्रान्तिकारी सबै शक्तिहरु एकतावद्ध हुनुपर्छ । नेपालको दलाल संसदीय पूँजीवादी राज्यसत्ताको विस्थापित गरी नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउनु पर्छ ।’
व्यूरो इन्चार्ज कृति सीले नेपालमा राजतन्त्र फर्काउने जस्तो दुर्गा प्रसाईको कुराले नेपालका समस्या समाधान नहुने दाबी गरे । उनले संविधासभाको चुनाव हुनु अघि नै नेपालमा बैज्ञानिक समाजवाद चाहिन्छ भनेर आफ्नो पार्टीले भनेको तर नेपालका संसदवादीहरुले नमान्दा र माओवादीको एउटा हिस्सा संसदवादमा पुग्दा नेपालको पछिल्लो समस्या सृजना भएको बताए ।
उनले नेपालको पछिल्लो समस्या समाधानको विकल्प बैज्ञानिक समाजवाद वा नेपाली विशेषताको समाजवाद भन्दा अर्को कुनै बाटो नहुने दाबी गरे ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ज्ञानु सीले नेकपाले लिएको विचार लाईन सहि भएको र यसमा सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशन दिईन ।उनले एमसीसी जस्तो राष्ट्रघाती परियोजना नेपालबाट फिर्ता हुनुपर्ने पनि बताईन । कार्यक्रममा नेकपाका ३ नम्वर काठमाडौं जिल्ला इन्चार्ज डिआर सीले समाजवाद नेपालका लागि अनिवार्य जस्तै भएको बताए ।
रुपसिंङको अध्यक्षतामा र अनिल सीको स्वागत मन्तव्यमा सम्पन्न प्रशिक्षण कार्यक्रमको संचालन डिआर सीले गरेका थिए ।