इजरायलद्वारा गाजापट्टीको खान युनिस शहरमा भीषण बमबारी

काठमाडौँ । इजरायलले युद्धबिराम सकिएलगत्तै गाजापट्टीको खान युनिस शहरमा भीषण बमबारी गरिरहेको छ । यो आक्रमणलाई गाजामा हवाइ हमला युद्ध शुरुभए यताकै सबैभन्दा डरलाग्दो आक्रमणको रुपमा व्याख्या गरिएको छ । दुई दिनको आक्रमणमा कम्तिमा १ सय ९२ जनाको मृत्यु भइसकेको छ । इजरायलले हमासका आतंकबादीहरु रहेको भन्दै गाजापट्टीका ४ सय स्थललाई लक्षित गरी हवाइ हमला तीब्र पारेको हो ।
इजरायलले गाजापट्टीमा रहेका सर्वसाधारणलाई थप दक्षिणतर्फ जान उर्दी जारी गरेको केही समय लगत्तै हवाइ हमला शुरु गरेको हो । गाजामा हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता गाजामा मारिनेको संख्या १५ हजार २ सय नाघेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई पुर्ण रुपमा समाप्त पार्न र बन्धकहरुलाई सुरक्षित रुपमा रिहाइका लागि सैन्य कारबाही जारी राख्ने जनाएका छन ।-एजेन्सी