इजरायली आक्रमणमा गाजामा मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो

२०८० मंसिर १९ गते, मंगलवार


काठमाडौँ । इजरायली आक्रमणमा परी गाजामा मृत्यु हुनेको संख्या १६ हजार नजिक पुगेको हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीबीसीले अहिलेसम्म थप ३ सय ४९ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्ध पछि गाजामा १५ हजार ८ सय ९९ जनाको मृत्यु भएको जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालय हमासले सञ्चालन गरिरहेको छ । मृत्यु हुनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका हमासले जनाएको छ । अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायल प्रवेश गरी आक्रमण गर्दा १२ सय इजरायलीको मृत्यु भएको थियो । हमासले झण्डै २ सय ४० जनालाई बन्धक बनाएर गाजा फर्काएको थियो । लगत्तै इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेको थियो । इजरायलले युद्धको उद्देश्य हमासलाई गाजा पट्टीबाट हटाउनु रहेको बताएको छ । पाँचदिन अघि समाप्त भएको सात दिने अस्थायी युद्धविराममा १ सयभन्दा बढी बन्धकहरूलाई रिहा गरिएको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]