आज मेची राजमार्ग बन्द आज मेची राजमार्ग बन्द

२०७१ जेष्ठ ७ गते, बुधबार


काठमाडौं,७ जेठ । दोस्रो संविधानसभाको चुनाव अघि पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले मेची राजमार्ग बन्द गराएको छ । बन्दको कारण विहानैदेखि राजमार्गमा सार्वजनिक तथा निजी सवारीका साधन चल्न सकेका छैनन् ।बन्दले ताप्लेजुङसहित पाँचथर, ईलाम र झापाबाट चल्ने सवारीका साधन चल्न नसक्दा यात्रुहरु मर्कामा परेका छन् ।
एकीकृत माओवादी उम्मेदवार सञ्चपाल मादेनलाई आक्रमण गरेको अभियोगमा पक्राउ परेका संघीय विद्यार्थी युनियनका उपाध्यक्ष रक्की थेबे, अरु कार्यकर्ता सागर पन्दाक, बिचिन्द्र माबो, धनबहादुर मादेन र बिट्चन आङबोहाङलाई अदालतको आदेसमा पुर्पक्षका लागि कारागारमा राखिएको छ । आफ्ना कार्यकर्तालाई तत्काल रिहा नगरे मञ्चले ११ गते पुर्वका नौ जिल्ला वन्द गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार