बक्यौता नतिर्ने उद्योगको बिजुली काट्न सुरु

२०८० पुष ७ गते, शनिबार


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको विद्युत आपूर्ति रोक्न थालेको छ । डेडिकेटेड लाइनको बक्यौता नतिरेका उद्योगहरुमध्ये ठूलो बक्यौता रहेका चार वटा उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले जनाएको छ । जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ । उनीहरुको बक्यौता क्रमशः १ अर्ब १४ करोड, १ अर्ब ९४ करोड, १ अर्ब ३६ करोड र १ अर्ब ३० करोड रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलाई तुरुन्त बक्यौता उठाउन निर्देशन दिएका थिए । बक्यौता नतिर्ने उद्योगी व्यवसायीको बिजुली काट्न उनको निर्देशन थियो । डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौतालाई लिएर व्यवसायी र प्राधिकरणबीच लामो समयदेखिको विवाद छ । २०७२ सालदेखि उद्योगीहरूले ट्रंक र डेडिकेटेडलाइनको सुविधा लिन थालेका थिए ।
देशमा ऊर्जा संकटका बेला दैनिक १८ घण्टासम्म लोडसेडिङ खेपिरहेका बेला केही उद्योगले यो सुविधा पाएका थिए । त्यसबेलादेखिको विद्युत महसुल भने ती उद्योगहरूले अहिलेसम्म प्राधिकरणलाई तिरेका छैनन् । यस्तो बक्यौता २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको प्राधिकरणको हिसाबमा छ । यसमा करिब २० अर्ब साँवा र बाँकी हर्जना रहेको छ । ५८ वटा उद्योगले बक्यौता तिर्न बाँकी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार