एमाओवादी केन्द्रिय समितिको बैठक जारी एमाओवादी केन्द्रिय समितिको बैठक जारी

२०७१ जेष्ठ ९ गते, शुक्रबार

एमाओवादी केन्द्रिय समितिको बैठक जारी
काठमाडौं ,९ जेठ । एकीकृत नेकपा माओवादीको केन्द्रिय समिति बैठक आजपनि जारी रहने भएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो बस्ने बैठकमा पार्टीको आन्तरिक रणनीतिका विषयमा छलफल हुने बुझिएको छ ।केन्द्रीय समितिमा भट्टराई पक्ष पनि सहभागी भएपछि विशेष महाधिवेशन आह्वान गर्ने तथा पार्टीलाई रुपान्तरण गर्ने विषयमा पनि छलफल हुने एक नेताले जनाएका छन् । यसअघि विहिबार बसेको बैठकमा नेता डा. बाबुराम भट्टराई लगाएतका नेताले केन्द्रीय समितिमा सपथ खाँदै आफुूरु पार्टीलाई नया दिशा दिन सहमत भएको उल्लेख गरेका थिए ।
यस्तै शुक्रबारको बैठकमा संविधानसभा उपनिर्वाचनका लागि उम्मेद्वारको नाम तय गर्ने तयारी गरिएको छ । एकीकृत माओवादील काठमाडौं २ बाट लीलामणि पौडेल, चितवन ४ बाट चित्रबहादुर श्रेष्ठ, बर्दिया १ बाट भवनकुमार थारु र कैलाली ६ बाट लीला भण्डारीलाई उठाउने तयारी गरेका स्रोतले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार