नयाँ वर्ष सन् २०२४ सुरु

काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ। पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सम्बतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले दुई सय वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन्।
विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् प्रचलनमा आएको थियो भने हाल यसको विश्वव्यापी प्रचार छ। केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ।
सन २०२३ ले विश्वभरको राजनीतिक,सामाजिक,साँस्कृति र आर्थिक अवस्थालाई जनतातिर जोड्न सकेन । साम्राज्यवादी हस्तक्षेपले युक्रेन –रुस युद्ध देखि इजरायल र प्यालेष्टिन बिचको युद्धले भयावह रुप लियो । अमेरिकी साम्राज्यवादले युद्धअपराधको रुपमा सन २०२३ लाई निम्त्यायो । यसले विश्वभर नकरात्मक प्रभाव पार्यो ।
यस्तै सन २०२३ मा नेपालको पनि राजनीतिक,सामाजिक,साँस्कृति र आर्थिक क्षेत्रमा सन्तोसजनक प्रगति नभएको र देश दलाल व्यवस्थाको राज्य प्रणालीले थप संकटमा परेको देखियो ।
एमसीसी काण्ड, एनसेल काण्ड, सुनकाण्ड,भुटानी शरणार्थी काण्ड, पक्राउ पूर्जी काण्ड,बालकमुमारी काण्ड लगायतका काण्डै काण्डले देशको नेतृत्व र व्यवस्था झन बदनाम सावित भए । यसले दलाल संसदीय व्यबस्था पूर्ण असफल भएको र यसबाट कुनै निकास सम्भव छैन भन्ने देखायो ।
यस्तै नेपालमा दलाल व्यवस्थाको ठाउँमा समाजवाद आवश्यक छ भन्ने निश्कर्ष सहित चारदलिय समाजवादी मोर्चा नेपाल नेकपाको पहलमा गठन हुनु सकरात्मक पाटो हो ।
सन २०२३ को सकरात्मक पाटोको रुपमा देशलाई समाजवाद तिर लिन समाजवादी मोर्चा बन्नु र यसले केही नेपाली जनतामा नयाँ आसा अपेक्षा देखाउनु उपलब्धी हो । समग्रमा थोरै आसा र उपलब्धीका बिच सन २०२३ विदाई भएको छ ।
सन २०२४ को नयाँ बर्षमा नेपालका राजनीतिक पार्टीहरुले काम गर्ने तवर तरिकाहरु पुरानै ढर्रामा गर्ने हो र नेपालको अग्रगामी निकासको लागि नसोच्ने हो भने देश गम्भीर संकटमा पर्ने अनुमान गर्न सकिन्छ ।
त्यसैले पनि नयाँ वर्ष सन २०२४ मा नेपालका सबै अग्रगामी परिवर्तकारी शक्तिहरुले देशलाई समाजवाद तिर लिएर नेतृत्व गर्न आवश्यक छ । नयाँ बर्षको सबैमा यही शुभकामना !