आज पुर्वका नौ जिल्ला बन्दआज पुर्वका नौ जिल्ला बन्द
काठमाडौं, ११ जेठ। संघीय लिम्वुवान राज्य परिषदले दोस्रो संविधानसभाको निर्वाचन अघि पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको माग गदै पुर्वका नौं जिल्ला बन्द आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि सो क्षेत्रको जनजीवन प्रभावित भएको छ ।बन्दको कारण ताप्लेजुङ सहित पाँचथर, ईलाम, तेह्रथुम, संखुवासभा, झापा, धनकुटा, मोरङ र सुनसरीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधान बिहानैदेखि चल्न सकेका छैनन् भने, बजार पसल, कलकारखा, उद्योगधन्दा र विद्यालय क्याम्पस पनि बन्द रहेका छन् ।
एमाओवादी उम्मेदवार सञ्चपाल मादेनलाई आक्रमण गरेको अभियोगमा पक्राउ परेका संघीय विद्यार्थी युनियनका ताप्लेजुङका उपाध्यक्ष रक्की थेबे, अन्य कार्यकर्ताहरु सागर पन्दाक, विचिन्द्र माबो, धनबहादुर मादेन, विट्चन आङबोहाङलाई अदालतको आदेसमा पुर्पक्षकालागि कारागारमा राखिएको छ ।
झुटो आरोपमा आफ्ना कार्यकर्तालाई ताप्लेजुङको जेलमा बन्दि बनाइएको भन्दै मञ्चले विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ । मञ्चले ४ गते ताप्लेजुङ बन्द गरेको थियो भने ७ गते मेचि राजमार्ग बन्द गरेको थियो । निरन्तरको बन्दको कारण ताप्लेजुङका स्थानीय नागरिक भने अत्याधिक मारमा परेका छन् ।
नौं वटै जिल्ला बन्द साँझ पाँच बजेसम्म मात्र रहेको मञ्चले जनाएको छ ।