मेची राजमार्ग बन्द

२०८० पुष १८ गते, बुधबार

काठमाडौँ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै आह्वान गरेको मेची राजमार्ग बन्दका कारण मेची राजमार्ग ठप्प भएको छ । बन्दले इलाम, झापा, पाँचथर र ताप्लेजुङको जनजीवन प्रभावित बनेको हो । बन्दका कारण इलामदेखि झापा, पाँचथर र ताप्लेजुङ जाने सार्वजनिक यातायातका सवारी साधन सञ्चालन भएका छैनन् । यातायातका सवारी साधन नचल्दा यात्रु अलपत्र परेका छन् ।
संघर्ष समितिले पहिचानवादी नेता बुलेट किराती (अन्जेश राई) को रिहाइको माग गर्दै बुधबार र विहीबार मेची राजमार्ग बन्दको आह्वान गरेको हो । किरातीलाई गत पुस १ गते संघर्ष समितिले आह्वान गरेको प्रदेश यातायात बन्दको क्रममा इलामको मेची राजमार्ग खण्डमा पराल बोकेको पिकअप गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु