कम्युनिष्ट युवाहरुद्धारा पार्टी एक नहुँदा चिन्ता व्यक्त

२०७१ जेष्ठ ११ गते, आईतवार


काठमाडौ, ११ जेठ ।नेपालका वामपन्थी युवाहरुले आफ्ना माउ पार्टी एक नहुँदा कम्युनिष्ट आन्दोलन विघटनको बाटोतिर लागेकोमा चिन्ता प्रकट गरेका छन् । उनीहरुले सोही कारण केही गरौ भन्ने उमेरमा विदेशिने क्रम बढेकोमा पनि चिन्ता प्रकट गरे ।युवा कम्युनिष्ट संघ -एकीकृतले राजधानीको संवाद डवलीमा आयोजना गरेको अन्तरक्रियामा उनीहरुको गुनासो सुनियो, ‘अब यो पाराले युवाहरुको भविश्य सुनिश्चित हुन सक्तैन ।’
नेकपा एकीकृतका स्थायी समिति सदस्य रामसिंह श्रसिले युवाहरुले चाहेको परिवर्तन गर्न सक्ने तर उनीहरु कम्युनिष्ट पार्टी दिशाविहिन देखिनुले अल्मलिएको बताए । उनको भनाई थियो, ‘युवाहरुले पश्चिमा देशतिर मोह र राजनीति वास्ता नगर्नुले देश लथालिङ हुन थालेको छ ।’
राष्ट्रिय युवा जनस्वयमसेवकका अध्यक्ष उदय चलाउनेले पहिले पहिले वाहुनले वैतणी तार्ने कथा लाएझै राज्यसत्ताको पार लगाउने कुरामा नेपालका कम्युनिष्ट नेताहरुले नसकेकोले नै अहिले युवाहरुले यो हालत बेहोनु परेको बताए । उनले भने, ‘यसैले अब कुन बाटो तय गर्ने भनेर बहस गर्ने बेला आयो ।’
माओवादी आन्दोलन विघटन हुनुलाई उनले नेपालमा कम्युनिष्ट आन्दोलनको विघटन मान्नुपर्ने तर्क गरे । उनको भनाई थियो, ‘हामी विदेशीका नोकर हुने र हाम्रा आमावाबु विदेसीका नोकर जन्माउने आमाबुवाजस्ता जस्ता भएका छन्, यही दशा फेने नेतृत्वको जरुरी छ ।’
अखिल नेपाल युवक संघका अध्यक्ष माधव थापाले कम्युनिष्ट आन्दोलनले वास्तविक नेतृत्व निर्माण गर्न नसक्नुले समस्या आएको बताए । ‘फेरि पनि उही विषय बहस गर्नुपर्ने स्थिति रहनु राम्रो होइन’ उनले भने ।
युवा कम्युनिष्ट संघ -एकीकृत) का अध्यक्ष गुञ्जमान र्घर्ती मगरले ‘नेपाली युवाहरुको समस्या र युवा कम्युनिष्टहरुको कर्तब्य’ विषयक कार्यपत्र प्रस्तुत गरे । उनका अनुसार राजनीतिक पार्टी देखाएको सपना पुरा गर्न नसक्दा आम युवाहरु निरास भएर आफ्नो लागि मात्र सोच्ने भएका छन् ।
र्घर्तीको दावी छ, देशको लागि सोच्ने र लड्ने नेता चाहिएको छ । औला उठाउने युवाहरुको पनि आवशयक छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार