विद्युत महसुलको बक्यौता किस्ताबन्दीमा तिर्न आह्वान

२०८० पुष २४ गते, मंगलवार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र टं«क लाइनबाट बिजुली प्रयोग गरी महसुलको बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुलाई किस्ताबन्दीमा बक्यौता बुझाउन आग्रह गरेको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै त्यस्तो प्रयोजनका लागि एक महिनाभित्र निवेदन दिन भनेको हो । प्राधिकरणका विभिन्न संरचनाहरूबाट विद्युत् सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत् महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दी दिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
प्राधिकरणले विलको भुक्तानी नगरेको भन्दै केही उद्योगहरुको बिजुली काटेको छ । सोमबार पनि हुलास स्टिलको लाइन काटिएको छ भने बक्यौता नतिरेका अरु ग्राहकको पनि लाइन काट्ने प्राधिकरणले चेतावनी दिँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २४.७६ अंकले घट्यो

२०८२ असार ५ गते, बिहीबार

११ महिनामा सवा दुई खर्ब ऋण !

२०८२ असार ५ गते, बिहीबार

नेप्से १.०७ अंकले घट्यो

२०८२ असार ४ गते, बुधबार

नेप्से ३.९० अङ्कले घट्यो

२०८२ असार ३ गते, मंगलवार