एमाओवादी पदाधिकारी चुन्दै
काठमाडौ, १३ जेठ । एकीकृत नेकपा माओवादीले आज निर्वाचनमार्फत पदाधिकारी चयन गर्दैछ । हिजो स्थायी समिति चयन गरिएको थियो ।स्थायी समितिका १६ सदस्यबाट पदाधिकारी चयन हुनेछन् । पदाधिकारीको चुनाव तीन चरणमा गर्ने तयारी छ । पहिलो चरणमा उपाध्यक्ष, दोस्रो चरणमा महासचिव, सविच र तेस्रो चरणमा कोषध्यक्षको चयन हुनेछ ।
पदाधिकारीमा २ उपाध्यक्ष, १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष छानिने छन् । बाबुराम भट्टराईले उपाध्यक्षमा नबस्ने घोषणा गरे पनि बरिष्ठ उपाध्यक्ष छानिने सम्भावना रहेको छ । पदाधिकारीको चुनाव ११ बजे पार्टी कार्यालय कोटेश्वरमा तय गरिएको छ ।