राप्रपा नेपालको अध्यक्षमा कमल थापा निर्वाचित
काठमाडौं, १४ जेठ । राप्रपा नेपालको अध्यक्ष पदमा १५ सय ४२ मत ल्याएर कमल थापा निर्वाचित भएका छन् । उनका प्रत्यासी पदमसुन्दर लावतीले भने १ सय ६८ मत मात्रै पाएका छन् ।राप्रपा नेपालको प्रथम महाधिवेशनको बन्दशत्रमा मंगलबार विद्युतीय मतदानका आधारमा नेतृत्वको चुनाव सम्पन्न भएको थियो । राति साढे १२ बजेपछि सम्पन्न गरिएको मतगणनामा थापाले अत्यधिक मत पाएर अध्यक्षमा जित हात पारेका हुन् ।
महाधिवेशनले अध्यक्षसहित ६३ सदस्यको चयन गरेको छ । यसमध्ये ३३ जना खुल्ला तर्फ र बाँकी समावेशीतर्फबाट निर्वाचित भएका छन् । बाँकी ६३ केन्द्रीय सदस्यको मनोनयन अध्यक्षले गर्ने विधानमा व्यवस्था छ ।६३ केन्द्रीय सदस्यका लागि २३९ जनाको उम्मेद्वारी परेको थियो । पार्टीका प्रचार विभाग सदस्य बासु दाहालका अनुसार केन्द्रीय सदस्यमा जित्नेहरुको मत परिणाम यस्तो छ-
खुल्लातर्फ विजयी केन्द्रीय सदस्य र मत
धवलसमशेर राणा (११५८), राजेन्द्र लिङदेन (११०७), भाष्कर भद्रा( १०६८), चन्द्रबहादुर गुरुङ (१०२९), तारानाथ लुईटेल (९५६), मोहन श्रेष्ठ (९४१), दीपकबहादुर सिंह (८९६), भक्ति सिटौला (८८१), राजाराम बर्तौला (८६६), बिक्रमबहादुर थापा (७९२), गोविन्द खनिया (७८०), सुशील श्रेष्ठ (७७९), भरतमणि जंगम (७४६), दिलविकास राजभण्डारी (७३९), राजीव पराजुली (७२९), विष्णु भटराई (७२२), रेशम लामा (६७४), मनोज प्रधान (६५९), श्यामबहादुर शाही (६५४), उद्धव थापा (६५२), राजाराम श्रेष्ठ (६२९), रामबहादुर शाह (५८१), मनोज मल्ल (५५४), केदार कोइराला (४९९), निरञ्जन थापा (४९५), पदम ठकुराठी (४९४), भूपाल किराती (४८१), जयन्त खनाल (४६१), सगुनसुन्दर लावती (४५९), विराज बिष्ट (४५०) र इन्द्र चित्रकार (४४६)
समावेशीतर्फ विजयी केन्द्रीय सदस्यहरु
महिला- मीरा राणा (१०९१), कुन्ती शाही (१०३७)
जनजाति- भुजुङ गुरुङ (७९०), रविन चाम्लिङ (४५६)
प्रवास- प्रेम श्रेष्ठ, अमेरिका (४९१)
कर्णाली- प्रेमबहादुर शाही (४९७ ), गणेशकुमारी हमाल (निर्विरोध)
दलित- श्रवणकुमार नेपाली (निर्विरोध), ऋषिबाबु परियार (निर्विरोध)
मुस्लिम- मदिना खातून (निर्विरोध)