एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

२०७१ जेष्ठ १४ गते, बुधबार


काठमाडौ, १४ जेठ । नेकपा एमाले केन्द्रीय कमिटीको महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्दैछ । बिहान ११ बजेपछि पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन पेस हुनेछ ।
अध्यक्ष खनालले महाधिवेशनको तयारी बारेको भनाइसहित प्रतिवेदन पेस गरेपछि छलफलका लागि समय दिएर दस्तावेजमाथि छलफल हुनेछ । एक दिन केन्द्रीय कमिटीको बैठक स्थगन गरेर दतावेजमाथि छलफल हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
ज्ञवालीले नवौ महाधिवेसनको तयारी, संगठित सदस्यहरुको सदस्यता, प्रतिनिधि चयन लगातका विषयमा पनि छलफल हुने ज्ञवालीले बताउनुभयो । एमालेको नवौ महाधिवेसनअघि त्यसले लिने कार्यनीति र सिद्धान्तका विषयमा नेताहरुबीच मतभद देखिएको छ । जनताको बहुदलिय जनवाद सिद्धान्त वा विचार मात्रै भन्नेमा पनि पार्टीभित्र बहस सुरु भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार