बारको विशेष संवैधानिक सम्मेलन जारी
काठमाडौ, १६ जेठ । राजधानीमा हिजोदेखि शुरु भएको संवैधानिक सम्मेलन आज पनि जारी रहने भएको छ ।नेपाल बार एसोसिएसनको आयोजनामा भएको सम्मेलनमा आज विभिन्न कार्यपत्र प्रस्तुत हुने र त्यसैमाथि छलफल हुनेछ । न्यायपालिका, मौलिक अधिकार, निर्वाचन प्रणालीसहितका पाँच विषयमा २९ वटा कार्यपत्र प्रस्तुत गरिने भएको छ ।
सबै कार्यपत्रमा छलफल गरेर निस्किएको निष्कर्ष संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाइने बारका अध्यक्ष हरिकृष्ण कार्कीले बताए । कार्यक्रममा सहभागी कानुन व्यवसायीहरुले नेपालको न्याय क्षेत्रमा सुधार र सुशासन प्रवर्द्धन गर्न आवश्यक भएकोमा जोड दिएका छन् ।