प्रथम राष्ट्रिय आप्रवासी सम्मेलन सुरु
काठमाडौँ, । प्रथम राष्ट्रिय आप्रवासन सम्मेलन सुरु भएको छ। वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको वर्तमान अवस्था, भविष्यमा विदेश जाने कामदारले अपनाउनु पर्ने सजकतालगायतका विषयमा नीति निर्मातालाई सुझाव दिने उद्देश्यले सम्मेलन सुरु भएको छ ।
श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, यूएन वुमन, युरोपेली सङ्घ, माइती नेपाललगायत १४ वटा संस्थाले संयुक्तरुपमा आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति परमानन्द झाले आप्रवासन समस्या लामो समयदेखि रहेकाले यसलाई अनुगमन र नियमन गर्न सरकारले उचित नीति बनाउनुपर्ने बताए ।
उनले विदेशजाने क्रम फेसनको रुपमा अघि बढेको र त्यहाँ गएपछि श्रमिकहरु विभिन्न शोषण र पीडामा पर्ने गरेको उल्लेख गर्दै यसप्रति सरोकारवाला गम्भीर हुनुपर्ने बताए ।
सम्मेलनको निष्कर्षलाई समेटेर आप्रवासी कामदारसम्बन्धी नीति निर्माणका लागि संयुक्त राष्ट्रसङ्घको महासभामा सिफारिस पठाइने बताइएको छ ।
कार्यक्रममा दिइएको जानकारीअनुसार हरेक वर्ष चार लाख युवा श्रमबजारमा प्रवेश गर्ने गरेका छन् आर्थिक वर्ष २०६८÷६९ को अवधिमा २४ लाख ६५ हजार नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।