साउदीद्वारा आममाफी घोषणा

२०७० जेष्ठ ४ गते, शनिबार


काठमाडौँ । साउदी अरबले अवैध रूपमा बसोबास गरेका आप्रवासी कामदारलाई वैध बन्न तथा विनासजाय स्वदेश फर्काउन ५५ दिने आममाफी कार्यक्रम -एम्नेस्टी) घोषणा गरेको छ । साउदी सरकारले आप्रवासी कामदारलाई लक्ष्य गरी १५ वर्षछि यस्तो कार्यक्रम घोषणा गरेको हो । यो कार्यक्रम २७ वैशाखदेखि नै सुरु भएको साउदी सरकारले जनाएको छ । १९ असारमा यो कार्यक्रम सकिने छ । एम्नेस्टी दिइएको ५५ दिनभित्र वैध नबन्ने तथा स्वदेश नर्फके आप्रवासी कामदारलाई साउदीले कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । साउदीमा रहेका करिब ६ लाख नेपाली कामदारमध्ये करिब एक लाख २० हजार नेपाली कामदार अवैधरूपमा काम गर्दै आएको बताइएको छ । साउदी सरकारको यो कार्यक्रमले ती नेपाली कामदारलाई बैध बन्न र विनासजाय नेपाल आउन बाटो खुलेको छ । साउदीमा कार्यरत कूल नेपालीमध्ये ७० हजार पुरुष अवैध छन् । ५० हजार महिला अवैध तरिकाले घरेलु कामदारका रूपमा त्यहाँ कष्टकर जीवन बिताइरहेको अनुमान छ । वैध तरिकाले साउदी पुगी काम गर्ने नेपाली महिला कामदार ३ सय मात्र छन् । साउदी अरबमा ६८ लाखभन्दा बढी आप्रवासी कामदार छन् । घरेलु कामदारका रूपमा महिलालाई साउदी जान सरकारले रोक लगाउँदै आएको छ । सरकारले साउदीको अस्पताल, क्याटरिङ सेवाजस्ता संगठित क्षेत्रमा मात्र महिला कामदार पठाउन सक्ने व्यवस्था गरेको छ । अवैध रूपमा साउदी पुग्ने घरेलु महिला कामदार अधिकांश भारतको बाटो हुँदै जाने गरेको पाइएको छ । ‘साउदीले अवैध आप्रवासी कामदारलाई वैध बन्न तथा बिनाकारबाही स्वदेश र्फकन दर्ुइ महिने एम्नेस्टी घोषणा गरेको छ,’ साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘साउदीमा रहेका नेपाली कामदारमाझ एम्नेस्टीबारे जानकारी दिने कार्य हामीले सुरु गरिसकेका छौँ ।’
साउदीले यसअघि १९९८ मा अवैध आप्रवासी कामदारलाई बिनाजरिवाना स्वदेश र्फकन आममाफी -एम्नेस्टी) दिने घोषणा गरेको थियो । १५ वर्षघि आहृवान गरेको ६ महिने -अप्रिल-सेप्टेम्बर) आममाफी कार्यक्रममा ९ लाख २० हजार ३ सय ७५ अवैध आप्रवासी कामदार देश र्फकेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु