मलेसियामा नेपाली लुटिए

२०७० जेष्ठ ५ गते, आईतवार

काठमाडौं ,। मलेसियामा खाद्य तथा तरकारी किन्न गएका दुई नेपाली कामदार लुटिएका छन् । लुटेराहरुको समुहले आज बिहान ९ बजे सेलेङ्गोर राज्यको बेरनाङस्थित स्वीट ड्रिम कम्पनीमा काम गर्दै आएका धनुषाका रामनरेश शर्मा र पर्साका तेजबहादुर बम्जनलाई लुटेका हुन् ।
सार्वजनिक बिदाका दिन पारेर खाद्य तथा तरकारी किन्नकालागि निजी कार चढेर बजार जानेक्रममा कारका चालकले शर्मा र बम्जनलाई लुटेकोमलेसियाबाट खोटाङ सेवा समाज मलेसियाका महासचिव प्रकाश पुष्पक राईले जानकारी दिए ।निजी कारका चालकले एकान्त जङ्गलको बीचमा रहेको एउटा घरमा पु¥याएको र ६ जना लुटेराहरुले साथमा रहेको नगद, एटिएम कार्ड तथा दुई थान नोकिया मोवाइल सेट लुटेको पीडितहरुले जानकारी दिएका छन् । शर्मा र बम्जन काठमाण्डुको यूनाइटेड एचआर सोलुसन मेनपावरबाट २० महिनाअघि मलेसिया पुगेका को थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु