चिनियाँ र भारतीय प्रधानमन्त्रीवीच भेटवार्ता

२०७० जेष्ठ ६ गते, सोमबार


तीन दिने भारत भ्रमण रहेका चिनियाँ प्रधानमन्त्री लि केचियाङ र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको छ ।भेटमा भारतीय प्रधानमन्त्री सिंहले भारत प्रशाशसत जम्मु काश्मिरको लद्दाखमा चिनियाँ सुरक्षाकर्मीले प्रवेश गरेको विषयमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उहाँले सीमा क्षेत्रको विषयमा उत्पन्न विवादले दुई देशबीचको सम्बन्धमा असर पुग्ने बताउनुभयो । उहाँहरुबीच ब्रह्मपुत्र नदीमा चीनले बनाएको बाँध र दुई देशबीचको व्यापार घाटाका विषयमा पनि कुराकानी भएको छ ।भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री लिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, तथा अरु उच्च अधिकारीहरुसंग भेट गर्नु हुनेछ । सीमा विवाद र परस्पर कुटनीतिक तनावका बीच भएको लिको भारत भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु