कोरियामा नेपाली युवाद्वारा आत्महत्या
काठमाडौं,– कोरियामा एक नेपालीले मंगलबार विहान आत्महत्या गरेका छन् । वैदेशिक रोजगारीका लागि ईपीएस मार्फत कोरिया पुगेका हर्दीनेटा–६ का अर्जुन पन्तले झुन्डिएर आत्महत्या गरेका हुन् ।करिब दुई वर्षअघि कोरिया पुगेका २३ वर्षीय पन्तले स्वदेश फर्कने तयारी गरिरहेका बेला आत्महत्या गरेका हुन् । थेगुस्थित मिहोङ सानप नामक कपडा उद्योगमा कार्यरत पन्त अस्वस्थ भएपछि विदामा घर फर्कने तयारी गरिरहेका थिए ।उनी कार्यरत कम्पनीले शुक्रबारको टिकटसमेत व्यवस्था गरिसकेको थियो । उनलाई मंगलबार विहान ६ बजे कम्पनीको गाडी पार्किङ गर्ने ठाउँमा झुन्डिएको अवस्थामा फेला पारिएको थियो । उनी पेटसम्बन्धी बिरामी भएकाले उपचारका क्रममा थिए ।

 
                 
                             
                             
                         
                         
                        