युएईमा छोरी खोज्दै

२०७० जेष्ठ ८ गते, बुधबार


युएई । झापा दमकका मोहन भण्डारी प्राय भेटने मान्छेलाइ आपनो साथमा रहेको तस्बिर देखाउदै भन्छन यो मेरी छोरी हो तपाइले कतै देख्नु भएको छ ? सबैको जबाफ कतै नदेखेको आउछ । भण्डारी निराशा हुन्छ तर पुन आफनो काममा निरन्तरता दिन्छन । भण्डारीले आफनी छोरि कस्तुरीको खोजि गरेको ४ वर्ष पुरा भयो तर भेटाउन सकेका छैन ।
नेपाल र भारतका प्राय अधिकाम्श स्थानमा पुगेर खोजि गरिसकेका भण्डारीले कस्तुरी भेटाउने लाई आकर्षण उपहार दिने भन्दै स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा बिज्ञापन पनि बनाउन लगाए तर कतै कामयक भएन भण्डारी आज झिनो आशा भोकेर युएई पुगेका छन् आफनी हराएकी छोरी पाउन ।
४ वर्षा अगाडी कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षा दिने क्रममा केन्द् अधक्ष्यले चिट सारेको भन्दै परिक्षा हलबाट निकालिदिएपछि बहकिएकी कस्तुरी घर पुगेर आमा पवित्रालाइ कपि किन्न जाने भनेर हातमा नगद १८० मात्र बोकेर हिडेकी आजसम्म फकिर्एकी छैनन ।
समाजका मान्छेले भनेका हरेक उपाए अपनाई सकेका भन्डारीले अझै छोरी कस्तुरिलाई माया मार्न सकेका छैनन् त्यै भएर आज छोरी पाउनलाई नै टाक्सी चालक भनेर युएईमा छन । भण्डारी भन्छन् चिना ज्योतिष धामी झाक्री सबै लगाइयो देखाइयो सबैले पच्चिम गएकी छ भने देशमा नापाएपछि कतै कसैले लोबलाल्चना देखाएर यता पठायोकी भनेर खोज्ने बहानामा म पनि आएको हो । उनलाई साउदिबाट नेपाल फकिर्दा नेपालको पक्राउ परेकी सपनाको घटना थाहा पाए पछी भण्डारीलाई छोरी विदेशिएको संखा लागेर युएई आएको बताउछन ।
थोरै बोल्ने गहुगोरी गोलो अनुहार भएकी कस्तुरी ५ फिट उचाइकी थिन भेटनेले नेपाल प्रहरी वा दमकको उनको घरको सम्पर्क नम्मर ०२३५८०६४५ मा सम्पर्क गरेर उनकै निम्ति जीवन तडपाई रहेका उनका घरपरिवारलाई नया जीवन दिलाउन भण्डारीका सुभचिन्तकहरुले अनरोध गरेका छन ।
– त्रिलोचन कोइराला


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु